यूट्युबको भिडियो सजिलै डाउनलोड कसरी गर्ने?

२०७६ चैत्र ३०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कम्प्युटरमा यूट्युबका भिडियो कसरी डाउनलोड गर्ने भन्ने सोच्दै हुनुहुन्छ?

अनेक प्रयास गर्दा पनि सक्नुभएको छैन भने तपाईंका लागि यहाँ सजिलो उपाय छ।

सामान्यतया यूट्युबमा भएका भिडियो डाउनलोड गर्न अन्य कुनै साइट वा एप्लिकेशनको मद्दत लिनुपर्ने हुन्छ।

तर यसो नगरी पनि तपाईंले सजिलै आफूलाई मनपर्ने भिडियो डाउनलोड गर्न सक्नुहुन्छ।

डाउनलोड गर्ने तरिका-

यूट्युबमा आफूलाई मन पर्ने भिडियो ‘सर्च’ गर्ने।

यूट्युबको युआरएल (URL) मा गएर Youtube शब्दको अन्तिम ३ अक्षर (ube) हटाउने र इन्टर थिच्ने।

त्यसपछि नयाँ पेज खुल्छ।

उक्त पेजमा भिडियोलाई Mp3 वा Mp4 फर्म्याटमा डाउनलोड गर्ने विकल्प हुन्छ।

आफूले डाउनलोड गर्न चाहेको फर्म्याट छान्ने।

यसमा भिडियो ‘क्वालिटी’को विकल्प पनि हुन्छ।

रेकर्ड विकल्पमा क्लिक गरेपछि भिडियो सजिलै डाउनलोड हुन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार