वास्तु शास्त्र भन्छ – घरमा यी ६ वस्तु राख्नुस् धनको अभाव हुँदैन

२०७६ चैत्र ३०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

के तपाईलाई वास्तुशास्त्रमा विश्वास लाग्छ ?

यदि विश्वास लाग्दैन भने यो भन्दा तल लेखिएका कुराहरु तपाईका लागि त्यति उपयोगी नहुन सक्छन् ।

किनभने तपाईले यसमा लेखिएका कुराहरु पालना नै गर्नु हुन्न ।

बुझ्नु पर्ने कुरा के हो भने वास्तुशास्त्रमा विश्वास गरे मात्रै पनि हुदैन, तिनलाई पालना गर्नु पर्छ ।

यसैले वास्तुशास्त्रका कुराहरु लेख्नु भन्दा पहिले म यी कुराहरु पालना गर्छु भन्ने सोच्नुहोस् ।

र, पालना गर्दा खर्च हुदैन भने सके सम्म पालना गर्नुहोस् ।

यहाँ हामीले वास्तुशास्त्रका त्यस्तै केहि कुराहरु ल्याएका छौँ जसले तपाईको खर्च नबढाइ घरमा सुख र समृदि ल्याउँन मद्दत गर्नेछ ।

यसका लागि तपाईले केहि कुराहरुको वास्ता गर्नु पर्नेछ भने आलश्यतालाई आफुमाथि भारी हुन नदिनु पर्ने छ ।

१) घरको मुलढोका अगाडी फोहोर कहिलै पनि नराख्नुहोस् ।

भनिन्छ, मुलढोका अगाडी फोहोर राख्नाले छिमेकीहरु शत्रु बन्न पुग्छन् ।

२) खाना खाएपछि भान्सा कोठामा जुठो भाडा कहिलै पनि नराख्नुहोस् ।

यदि रातमा भाडा माझ्न सकिदैन भने पानीले पखालेर मात्र भएपनि राख्नुहोस् तर जुठो भने नराख्नुहोस् ।

जुठो भाडा राख्नाले धन हानी हुन्छ ।

३) राती सुत्नु अघि जहिले पनि घरको भान्सा कोठा र बाथरुममा एक बाल्टिन पानी भरेर राख्ने गर्नुहोस् ।

भान्सा कोठामा पानी भरेर राख्दा ऋणबाट मुक्ति मिल्दछ भने बाथरुममा पानी भरेर राख्दा जीवनमा उन्नतिको बाटोहरु खुल्दछन् ।

४) सुर्यास्तको समयमा कसैलाई पनि दुध,दही या प्याज नदिनुहोस् । यसो गर्नाले घरको सुख शान्ति र सम्पत्ति नष्ट हुन जान्छ ।

५) सुत्ने ओछ्यानमा बसेर खाना कहिले नखानुहोस् ।

यसले घरमा अशान्ति निम्त्याउँछ, साथ साथै ऋण लाख्दछ ।

६) घरमा बनाईएको पुजास्थल अथवा मन्दिरको ईशान कोणमा सधै कलशमा पानी भरेर राख्नुहोस् । यसो गर्दा घरमा बस्ने मान्छेको लागि शुभ हुन्छ ।

माथि भनिएका ६ वटा बुँदाहरु पक्कै पनि अफ्ठ्यारा कुराहरु होइनन् । यसका लागि तपाईले केहि कुरामा वास्तामात्रै गरे पनि पुग्छ । यति सजिलो कुरा गरेर कोशिस गर्दा हानी त पक्कै केहि पनि छैन । यस्ता सजिला उपायहरु दैनिक पालना गर्नुहोस् ।

वास्तु शास्त्र भन्छ – घरमा यी ६ वस्तु राख्नुस् धनको अभाव हुँदैन

अधिकाँश परिवारमा कमाइ भएपनि घरमा धनको अभाव रहन्छ । घरमा पैसाको अभावले तनाव पैदा गर्छ । कतिपय ब्यक्तिलाई अत्याधिक मेहनत गर्दा पनि पैसा हात लाग्दैन । यस्तो वास्तु दोषका कारण हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु शास्त्रका अनुसार घरमा केही बस्तुलाई राख्दा धनको अभाव हुँदैन ।

घरमा राख्नुस् यी ६ कुरा धनको अभाव हुँदैन

१) माटोको घडा घरमा माटोको घडा राख्नुस् । यसले घरमा पैदा गर्ने सकारात्मक उर्जाले धनको अभाव हुन दिँदैन । तर घडामा सँधै सफा पानी भरेर राख्नुस् ।

२) घरको दक्षिण( पश्चिम दिशामा पञ्चमुखी हनुमानको प्रतिमा वा तस्विर लगाउनुस् । यसको नित्य पुरा गर्दा घरमा पैसाको अभाव हुँदैन ।

३) घरमा वास्तु दोष हुने भएका कारण धनको अभाव हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु दोष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु राम्रो मानिन्छ । यसो गर्दा धनको अभाव दुर हुन्छ ।

४) घरको मुख्य ढोकामा लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह राख्नु शुभ मानिन्छ । यो चिन्हले घरमा अभाव हुन दिँदैन ।

५) घरका अधिकाँश सदस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुस् । यसले घरमा धनको अभाव हुन दिँदैन ।

६) वास्तु शास्त्रमा घरमा शुभ उर्जा पैदा गर्नका लागि धातुले बनेको कछुवा वा माछा राख्नु राम्रो मानिन्छ । यसले घरमा आर्थिक अभाव हुन दिँदैन ।

घर निर्माण अघि वास्तु विज्ञानले निर्देश गरेको यी कुरा ख्याल गर्नैपर्छ

घर निर्माण गर्नु हाम्रो लागि धेरै कारणहरुले गर्दा महत्वपुर्ण हुन्छ ।

यसैले घर निर्माण अघि वास्तु विज्ञानले निर्देश गरेको यी कुरा ख्याल गर्नैपर्छ ।

इन्जिनियरहरुलाई मात्रै भर पर्ने होइन कि वास्तु शास्त्रीहरुबाट पनि सल्लाह लिनु पर्छ ।

यहाँ हामीले त्यस्तै केहि बुँदाहरु राखेका छौँ जसलाई घर निर्माण अघि वास्तु विज्ञानले निर्देश गरेको यी कुरा ख्याल गर्नैपर्छ ।

घर, जीवनभरको भरपर्दो र सुरक्षित आश्रयस्थल । घर बनाउनका लागि बर्षौ मिहेनत गर्छौं ।

घर कस्तो बनाउने, रंग कस्तो लगाउने, कस्तो सजावट दिने इत्यादि कुरामा निकै ख्याल राख्छौं ।

कतिले घर निर्माणअघि वास्तुशास्त्र अनुसार जग्गा कस्तो छ, घरको मोहोडा कुन दिशामा फर्काउनुपर्छ, झ्याल ढोका कस्तो राख्नुपर्छ भन्ने कुराको अध्ययन गर्छन् ।

किन वास्तुशास्त्र ?

आफुलाई आधुनिक युगको पुस्ता ठान्ने हामीलाई वास्तुशास्त्र वाहियत जस्तो लाग्छ । यसलाई कतिले आडम्बर र अन्धविश्वास पनि ठान्छन् ।

तर, यो एक प्राचिन विज्ञान हो । वास्तुशास्त्रले निर्देश गरेको कुरा विज्ञानसंगत हुने गर्छ । हुनपनि घर निर्माणअघि भू धरातलदेखि हावाको वहकावसम्मको ख्याल गर्न सक्यो भने त्यसले प्रत्यक्ष फाइदा गर्छ ।

वास्तुशास्त्रमा आवासीय भवन निर्माण गर्दा कोठको दिशा र कोणहरुबारे सविस्तार उल्लेख गरेको छ ।

प्रवेशद्वार कहाँ हुनुपर्छ ?

घरको मूख्य प्रवेशद्वार वास्तुको हिसावले विशेष मानिन्छ । किनभने यसैले घरमा सकारात्मक र नकारात्मक उर्जा दिने हो । यदि घरको मूख्य ढोका सहि दिशामा छ भने त्यसले सुख, समृद्धि कायम राख्ने विश्वास गरिन्छ ।

प्रमूख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो र ठूलो हुनुपर्छ । ढोका राम्रोसँग खुल्ने र आवाज नआउने हुनुपर्छ । घरको कुनैपनि ढोका धरातलभन्दा तल हुनु हुँदैन ।

थप याद राख्नु पर्ने कुराहरु

१) ढलान भएको वा खोंचमा घर बनाउनु उपयुक्त हुँदैन ।

२) हावा, पानी, प्रकाश, चौडा गल्ली भएको स्थान बसोबासका लागि उपयुक्त मानिन्छ ।

३) त्रिभूज आकारको जग्गा कहिले पनि खरिद गर्नु हुँदैन । एकतिर ठूलो चौडा र अर्कोतिर एकदमै कम चौडा भएको जग्गा पनि शुभ मानिदैन ।

४) भान्सा, बगैंचा अदि मूख्य द्वारको सामुन्ने बनाउनु हुँदैन ।

५) मूख्य ढोकाको सामुन्नेमा पर्खाल हुनु हुँदैन ।

६) सार्वजनिक ट्यांकीको छायाँमा घर बनाइयो भने, त्यहाँ बसोबास गर्न योग्य मानिदैन ।

७) दुई ठूलो घरको बिचमा एक सानो घर भए, त्यस्तो सानो घरमा बस्नु उपयुक्त हुँदैन ।

८) कुनै गल्ली वा आवास स्थलको अन्तिममा बनेको घर खरिद गर्नु उपयुक्त मानिदैन । सडक किनारमा बनेको घर पनि शुभ मानिदैन ।

९) घरमा पर्याप्त प्रकाशको व्यवस्था हुनुपर्छ । साथै ताजा हावा आउजाउ गर्ने हुनुपर्छ ।

१०) वास्तु अनुसार शयनकक्ष अर्थात बेडरुम यस्तो हुनुपर्छ कि, सुतेको समय खुट्टा उत्तर दिशा र टाउको दक्षिण दिसामा होस् । सुतेको समयमा व्यक्तिको खुट्टा ढोकातर्फ हुन हुँदैन ।

११) वास्तु अनुसार शौचालय घरको पश्चिम दिशामा बनाउनुपर्छ ।

१२) वास्तु अनुसार किचन घरको अग्नेय कोणमा हुनुपर्छ । खाना खाएको समयमा हाम्रो मुख पूर्व वा उत्तर दिशामा हुनुपर्छ । यसले सकारात्मक उर्जा संचार हुन्छ ।

१३) घर बनाउने स्थानमा दुर्गन्धित ढल, वर्कसप आदि भएको राम्रो मानिदैन । र, यो लेख आफ्नो फेसबुकमा सेयर गरेर हामीलाई पनि सहयोग गरिदिनुहोला ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार