sajalsandesh

पथरी शनिश्चरे गोल्डकपको फाइनल आज हुदै

पथरी – पथरी शनिश्चरे गोल्डकपको उपाधीका लागि आज फाइनल खेल हुदैछ। प्रतियोगिताको उपाधीका लागि डाँगिहाट फुटबल क्लब र लेटाङ फुटबल क्लब मैदान उत्रदैछन।

अघिल्लो संस्करणको विजेता लेटाङ्ग ईतिहास दोहोर्याउने दाउमा छ भने डाँगिहाट इहिहास बनाउने योजनाका साथ मैदान उत्रनेछ। पन्चायन फुटबल क्लब सुनसरीलाई १-० गोल अन्तरले पराजित गर्दै डाँगिहाट फाइनल पुगेको हो भने लेटाङ्गले योसेक क्लब उर्लाबारीलाई सेमिफाइनलमा स्तब्ध बनाउदै फाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिताको प्रथम हुनेलाई ८१ हजार, १११ र दोस्रो हुनेलाई ५१ हजार, १११, ट्रफि,मेडल र प्रमाण पत्रले प्रदान हुनेछ। आज हुने फाइनल खेल प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा हुने आयोजकले जानकारी दियो।

ismt college
dish home