जंगलक्षेत्र अतिक्रमण गरी धमाधम प्लटिङ

२०७६ कार्तिक ६, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पत्रपत्रिका – काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लास्थित कुन्छेपकालको डाँडामुनि रहेको जंगलक्षेत्र अतिक्रमण गरी धमाधम प्लटिङ थालिएको छ ।

तारकेश्वर नगरपालिकाको मिलिमतोमा व्यवसायीले सार्वजनिक जग्गासमेत अतिक्रमण गरेर धमाधम प्लटिङ गरेको स्थानीय बासिन्दाको आरोप छ ।
व्यवसायी विनोद पण्डितले तारकेश्वर नगरपालिकाका पदाधिकारीसँग मिलेमतो गरी साङ्लामा रहेको ५० रोपनी जग्गामा प्लटिङ गर्दा ५० वटा रूख काटिएका छन् भने खेतीयोग्य जमिनसमेत नष्ट भएको छ ।

खानेपानीको मुहानमा समेत असर परेको छ । प्लटिङ गर्दा सो क्षेत्र माथि र तल रहेका दर्जनौँ घर जोखिममा परेका छन् । प्लटिङभन्दा माथि ढकाल बस्ती र मुनि अधिकारी बस्ती रहेको छ । ती दुवै बस्तीहरुमा जुनसुकै समयमा पनि पहिरो आउने जोखिम बढेको स्थानीयको गुनासो छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार