काण्डै-काण्डमा ओली सरकारको डेढ वर्ष, सभामुखका लागि मारामार !

२०७६ कार्तिक ३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ – प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना बाँडेर बीस महिना पूरा गरेको छ ।

२०७४ साल फागुन ३ गते केपी ओलीको नेतृत्वमा नेकपाको सरकार गठन भएको थियो । विकास, सुशासन र समृद्ध नेपालको आशामा नेपाली जनताले नेकपालाई सरकार गठनका लागि बहुमतको भारी बोकाएका थिए ।

नेकपाको सरकार गठन भएपछि उल्टो ‘समृद्ध नेता, दुःखी नेपाली’ बन्न पुगेको सरोकारवालाहरुले बताएका छन् । जनता कर आतंक, महँगी र असुरक्षाको चपेटामा परेका छन् ।

यता प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका मन्त्री, सचिव एवं उच्च ओहोदामा आसीन व्यक्तिहरु पशुपति शर्माले गाएको गीत ‘लुट कान्छा लुट, अरु देशमा पाइँदैन नेपालमै छ, छूट’ भनेझैँ लुटकाण्डमा प्रतिस्पर्धा गरेको समाचार स्रोतले बताएको छ ।

विकासका नाममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई लुटकाण्डको आरोप लगाइएको छ ।

नेकपाका नेताहरुमा प्रधानमन्त्री ओलीलाई प्रचारकाण्ड, नेकपाका सहअध्यक्ष पुष्पकमल दाहाललाई ठेकेदारको चंगुलमा फसेको आरोप, महासचिव विष्णु पौडेललाई बालुवाटार जग्गाकाण्ड, टाठाबाठा कार्यकर्ताहरुलाई बोतल र गुण्डागर्दी डण्डाको आरोप लागिरहेकै अवस्थामा सभामुख कृष्णबहादुर महरालाई बलत्कारकाण्ड लागेपछि नेकपालाई बहुमत दिएर सत्तमा पु¥याएका नेपालीहरुको सपना क्षत–विक्षत बन्न पुगेको छ ।

यसअघि ३३ किलो सुनकाण्ड,एनसेल काण्ड, वाइडबडी विमान खरिद काण्ड, यातायात, सिण्डिकेटकाण्ड र निर्मला पन्त बलत्कार एवं हत्याकाण्डले सरकार आलोचित बन्न पुगेको थियो ।

नयाँ सभामुखका लागि नेकपाभित्रै मारामार

असंवैधानिक हिसाबले बहुमतको दम्भमा एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था भए पनि नेकपाबाट कृष्णबहादुर महरा सभामुख र शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएका थिए ।

पूर्वमाओवादी केन्द्रबाट महरा सभामुख र एमालेबाट तुम्बाहाम्फे उपसभामुख बनेको अवस्थामा २०७४ जेठ ३ गते दुई पार्टी एकीकरण भएर नेकपा गठन भएपछि सभामुख र उपसभामुख एउटै पार्टीबाट कायम रहेको अवस्था थियो ।

यौन दुव्र्यहार प्रकरणमा कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा गरेपछि अब एउटै पार्टीबाट सभामुख र उपसभामुख नरहने जानकारहरुले बताएका छन् ।

हाल नयाँ सभामुखका लागि पार्टी एकीकरण भए पनि एमालेबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ तथा माओवादी केन्द्रबाट देव गुरुङ, अग्नि सापकोटा र पूर्वसभामुख ओनसरी घर्तीको चर्चा चलेको छ ।

नेकपामा नेम्वाङ प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिन्छन् भने गुरुङ र सापकोटा अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् ।

पार्टीभित्रको शक्ति बाँडफाँडका हिसाबले तत्कालीन माओवादी केन्द्रले सभामुख पाए गुरुङ बलिया दावेदार मानिएका छन् भने एमालेले पाए नेम्वाङको विकल्प नरहेको जानकारहरुले बताएका छन् ।

यस्तो अवस्थामा उपसभामुख संघीय समाजवादी पार्टीले पाउने सम्भावना रहेको चर्चा चलेको छ । तथापि सभामुखका लागि नेकपाभित्रै मारामार सुरु भएको नयाँ बिर्मशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार