मौसमले मन फेर्यो, कहाँ कहाँ प्रभाव

२०७६ कार्तिक ३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – पश्चिमी क्षेत्रबाट आएको पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसममा आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशैभरि सामान्यदेखि पूर्ण बदली भएको मौसमविदले बताएका छन ।

आइतबार दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राति पनि देशभरको मौसम बदली हुनेछ ।

राति देशभर सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थान तथा पश्चिमका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । पश्चिमी वायुको प्रभाव केही दिन अझै बाँकी रहने देखिए पनि बिस्तारै कम हुँदै जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार