sajalsandesh

महरालाई आज फेरि अदालतबाट म्याद थप गरिँदै

काठमान्डौ – निवर्तमान सभामुख कृष्णबहादुर महराको अनुसन्धानको काम अझै सकिएको छैन । महरालाई यौन दु र्व्यवहारको आरोपमा अनुसन्धान गर्न प्रहरीले फेरि समय माग्ने भएको छ । सम्भवत आज फेरि महराको म्याद थप हुने छ ।

यसअघि प्रहरीले तीन दिन म्याद थपेको थियो । तर, अनुसन्धान पूरा गर्न प्रहरीले सकेको छैन । अनुसन्धान नसकिएकाले महरालाई आइतबार दिउँसो फेरि जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थप गरिने प्रहरी स्रोतले जनाएको छ ।

अघिल्लो पटक तीन दिन म्याद थप भए पनि महराले बयान दिन नमानेपछि प्रहरीले अनुसन्धान पूरा गर्न सकेको छैन । म्याद थपिएपछि फेरि बयान लिन प्रयास गर्ने र अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याउने प्रहरी अधिकारीहरुले बताएका छन् ।

संसद सचिवालयकी एक महिला कर्मचारीले यौ न दु र्व्यव हारको आरोप लगाएपछि प्रहरीले गत असोज १९ गते महरालाई पक्राउ गरेको थियो । बीचमा दशैं विदा परेकाले म्याद थप गर्न नसकेको प्रहरीले गत असोज २८ गते अदालतबाट तीन दिनको म्याद थप गरेको थियो ।

महराले यौ न दु र्व्य वहार गरेको भन्ने ती महिलाको भिडियो गत असोज १२ गते सार्वजनिक भएको थियो । महराले सभामुखबाट राजीनामा दिए पनि संसदबाट दिएका छैनन् ।

जबरजस्ती करणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ।
पक्राउपछि महरा सिंहदरबार वृत्तमा प्रहरी हिरासतमा रहँदै आएका थिए। तर, स्वास्थ्यमा गडबडी भएपछि उनी नर्भिक अस्पताल भर्ना भएका छन् ।

ismt college
dish home