भारतमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्‍या १० पुग्याे

२०७६ चैत्र ११, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – भारतमा नोभल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ। महाराष्ट्रका ६३ वर्षीय एक वृद्धको कोभिड-१९ को संक्रमणका निधन भएको छ।

ती वृद्धमा उनमा पहिलेदेखि नै रक्तचापको समस्या रहेको डाक्टरहरुले बताएका छन्। अहिलेसम्म भारतमा यसको संक्रमणबाट मृत्यु भएका १० जनामध्ये ७ जनामा मधुमेह र रक्तचापको समस्या रहेको चिकित्सकहरुले बताएका छन्। ५० मुनिका एक जना भारतमा यसको संक्रमणबाट ज्यान गुमाउनेमा ९ जना ५० वर्षभन्दा बढी उमेरका छन्।

एकजना ३८ वर्षीय मिर्गौलाका बिरामीको भने बिहारको अस्पतालमा निधन भएको हो। पछिल्लो आठ दिनमा कोभिड-१९ को संक्रमणबाट भारतमा तीनजनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ती तीनै जनाको मुम्बईस्थित कस्तुरबा अस्पतालमा निधन भएको हो। यसैबीच भारतमा कोरोना भाइरस संक्रमणको संख्या ५ सयभन्दा बढी पुगेको बताइएको छ।

कोरोना संक्रमण बढ्दै गएपछि भारतका कयौँ राज्यमा लकडाउन र कर्फ्यू जारी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार