sajalsandesh

गौरादहबासीलाई ‘हर्के हल्दार’ ले हँसाए !

झापा – झापाको गौरादहमा जारी दशैँ महोत्सवमा बिहिबार बिष्णु सापकोटा अर्थात ‘हर्के हल्दार’ ले दर्शकहरुलाई हँसाएका छन् । हर्के हल्दारले सामाजिक सचेतना मिश्रित ब्याङ्गग्य प्रस्तुत गरेका थिए ।

बैदेशिक रोजगारीले उब्जिएका बिकृती, लाहुरेको पिडा , राजनीतिक परिवर्तन भएपनि जनताको हितमा काम नभएको भन्दै उनले नेताहरुलाई झटारो हाने । महोत्सवमा आएका दर्शकले रमाइलो मात्र गरेनन् बिकृती बिरुद्ध हर्के हल्दारले दिएको हाँस्यब्याङ्गग्य प्रस्तुतीमा सही थापे ।

गौरादह उद्योग वाणिज्य संघको आयोजनामा कृषि थोक बजारमा गत असोज १७ गतेबाट दशैँ महोत्सव भइरहेको छ ।

महोत्सव कार्तिक २ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

त्यस्तै भोलि चर्चित गायिका मिना निरौला र अन्तिम दिन गायक शिव परियारको प्रस्तुति रहेको आयोजकले जनाएको छ ।

ismt college
dish home