ईटहरीमा सुमनको ‘क्रेज’

कमेडी च्याम्पियनमा दले दाइको भुमिका मार्फत….

२०७६ फाल्गुन १७, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

तेजबहादुर बन /इटहरी – कान्तिपुर टेलिभिजनबाट प्रसारण हुदै आएको हास्यबिधा अन्तरगत नेपालकै पहिलो रियालिटि सो कमेडी च्याम्पियनमा दले दाइको भुमिका मार्फत अन्तराष्ट्रीय जगतमा चर्चा कमाएका सुनसरीको इटहरी निवासी सुमन कोइरालाको लोकप्रीयता बढदै गएको छ । 

प्रतिस्पर्धामा आफुलाइ बिजयी गराउन भोट माग्नकालागि शुक्रबार गृह नगर  इटहरी आइपुगेका सुमन कोइराला शनिबार बिहानै देखि बिभिन्न कार्यक्रमहरूमा सरीक भएका थिए । उनलाइ बाटोमा देख्ना साथ दले दाइको संज्ञा दिदै सेल्फी लिनेहरूको भिड बढदो थियो  ।

5उनले इटहरीको सिटि मन्टेस्वरी स्कुलमा कांग्रेसका सभापति  शेर बहादुर देउवा , उपसभापति रामचन्द्र पौडेल , त्यसैगरी दले दाइको थोरै प्रस्तुति देखाएका थिए । प्रस्तुति देखाइरहदा उपस्थित भिडले उनलाइ तालि र सिठी बजाएर स्वागत गरेका थिए ।

शनिबार नै कोइरालाले इटहरीका आधादर्जन बढी कार्यक्रमहरूमा सरीक भइ कमेडी च्याम्पियनमा आफुलाइ धेरै भन्दा धेरै भोट दिएर जिताउन अपिल गरेका छन । शनिबार नै उनले धरानस्थित बुढाशुब्बा गोल्डकप चलिरहेको बेला दमदार प्रस्तुती देखाए ।

राजनीतिक तथा सामाजिक क्षेत्रमा बिभिन्न क्यारीकेचर गर्नुका साथै जल्दोबल्दो बिषयबस्तुमा प्रस्तुति दिएपछि धरानमा वान्समोरको हुटिङ नै चलेको थीयो । प्रस्तुति संगै उनले आफुलाइ नेपालकै पहिलो कमेडी रियालिटि सो कमेडि च्याम्पियनमा अत्याधिक भोटले बिजयी गराउन निवेदन पनि गरे ।

यता सुमनलाई हरहालतमा जिताउन अभियान नै चलाइएकाे छ । अभियानमा कलाकाकार दिनेश  काेइरालाकाे संयाेजकत्वमा समिति नै गठन गरी बिभिन्न जिल्लाहरूमा भाेट माग्ने काम थालिएकाे छ । सुमनलाइ गृह नगर इटहरी लगायत बिभिन्न जिल्लाहरूबाट सक्दाे सहयाेग जुटिरहेकाे बताइएकाे छ ।

4

ooo

ss

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार