दक्षिण कोरियाली के–पप गायिका मृत भेटिइन्

२०७६ आश्विन २८, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिओल – दक्षिण कोरियाकी लोकप्रिय के–पप गायिका सुल्ली मृत अवस्थामा भेटिएकी छिन् । उनी आफ्नै घरमा मृतावस्थामा भेटिएको कोरियन मिडियाले जनाएका छन् ।

प्रहरीले उक्त गायिकाले आत्महत्या गरेको हुनसक्ने आशंका गर्दै घटनाको अनुसन्धान गरिरहेको छ । २५ वर्षीय सुल्लीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ५० लाखभन्दा बढीले फलो गरेका थिए । तर, उनले इन्स्टाग्राम चलाउन छोडेर अभिनय थालेकी थिइन् । इन्स्टाग्राममा शेयर गर्ने तस्वीरका कारण उनले विवाद खेप्नुपरेपछि पछि उनले इन्स्टाग्राम चलाउन छोडेकी थिइन् ।

चोप जिन–रि नाम भए पनि उालाई धेरैले सुल्लीका नामले चिन्ने गर्छन् । बेलाबेलामा विवादमा समेत मुछिने सुल्ली पहिलोपटक ११ वर्षको उमेमा एक टेलिभिजन सिरियलमा देखिएकी थिइन् । एकपटक उनी भित्री वस्त्र नलगाई स्तनको मुन्टो देखाएका कारण पनि विवादमा तानिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार