महरा काठमाडौं जिल्ला अदालतमा

२०७६ आश्विन २८, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा प्रारम्भिक बयान लिएलगत्तै मंगलबार महरालाई प्रहरीले म्याद थप गर्न काठमाठौं जिल्ला अदालतमा पेश गरेको हो ।

असोज १९ गते शाहीमाथि बलात्कार गरेको आरोपमा उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि बिरामी पर्नु भएका उहाँलाई थापाथलीस्थित नर्भिक अस्पतालबाटै काठमाडौं जिल्ला अदालतमा लगिएको हो ।

अदालतमा महराले आफूले बयान दिन सक्ने बताए आजै बयान लिने नभए बयानका लागि म्याद थप गर्ने तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार