‘ सेन्टी भाइरसले ’ एक दिनमा कमायो १ करोड १२ लाख

२०७६ फाल्गुन १०, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भइरस’ले रिलिजको पहिलो दिन नै १ करोड १२ लाखको व्यापार गरेको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार चलचित्रले भ्याली भित्र ५९ लाख र मोफसलबाट ५३ लाखको व्यापार गरेको छ ।

शुक्रबार निर्माण पक्ष काठमाडौंको विभिन्न हलमा पुगेको थियो । जहाँ दर्शकको उपस्थिती बाक्लो देखिन्थ्यो । शनिबार पनि चलचित्रले राम्रो दर्शक पाएको छ । बिहानी शोका अधिकांश शोहरु हउसफुल रहेको निर्माण पक्षले बताएको छ । चलचित्रलाई भने दर्शकले मिश्रित प्रतिकृया दिइरहेका छन् ।

धुर्मुस-सुन्तलीले निर्माण गरेको यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’सँगै दयाहाङ राई, बुद्धि तमाङ, विल्सन विक्रम राई, सन्दीप क्षेत्री लगायतको अभिनय रहेको छ ।

शुक्रबारबाट नै रिलिज भएको चलचित्र ‘आमा’ले पनि दर्शकको उत्साहजनक साथ पाइरहेको छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यस चलचित्रले उत्कृष्ट भएको समिक्षा पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार