नयाँ सभामुखको लागी ओली-प्रचण्डको समर्थन कसलाई ?

२०७६ आश्विन २७, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नयाँ सभामुखका लागि नेपाल कम्युनिष्ट पार्टीका नेताहरुबीच दौड तिव्र भएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको पद नेपाल कम्युनिष्ट पार्टीले दाबी प्रस्तुत गरिसकेको छ ।

उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजीनामा दिन लगाई सभामुखमा नेकपाले दाबी गर्नेबारे दुई नेताबीच छलफल भएको छ । तर, उपसभामुखले कसलाई राजीनामा दिनेबारे संवैधानिक अड्चन रहेकाले समस्या परेको छ । सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्था छ ।
नेकपाभित्र सभामुखका लागि पूर्व एमाले र पूर्व माओवादीबीच प्रतिष्पर्धा चलिसकेको छ । विगतमा पूर्व माओवादीका तर्फबाट महराले उक्त पद पाएकाले उक्त पक्षका नेताहरुबीच दौडधूप चलेको छ ।
पूर्व एमाले पक्षधरले पार्टी एक भइसकेकाले यो वा त्यो पक्ष भनेर सभामुख बनाउन नहुने अडान लिन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सुभाषचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् । उनको नाममा सहमति जुट्न नसके शिवमायालाई नै बनाउनेबारे पनि परामर्श शुरु भएको छ ।
पूर्व माओवादीबाट ओनसरी घर्ती दौडमा अगाडि छिन् । टोपबहादुर रायमाझी, अग्नि सापकोटा, हरिबोल गजुरेलले पनि सभामुखमा इच्छा देखाएका छन् । जर्नादन शर्माको नाम पनि अगाडि छ । प्रचण्ड ओनसरी या जर्नादन शर्मामध्येबाट सभामुख बनाउने पक्षमा रहेको बुझिएको छ ।
सभामुख चयनबारे ओली र प्रचण्डबीच आजै बालुवाटारमा छलफल भएको छ । दुवै नेता प्रक्रिया अगाडि बढाउनेबारे सहमत भएका छन् । दुवैले सम्भावित नामहरुबारे प्रारम्भिक छलफल गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार