तौल घटाउन खाली पेट सुत्ने बानी छ ? तर, झनै बढ्छ

२०७६ फाल्गुन ४, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी– धेरैलाई लाग्न सक्छ, राति भोकै सुते केही फरक पर्दैन । तर, यसको परिणाम स्वास्थ्यका लागि घातक हुन सक्छ ।

आधुनिकतासँगै मान्छेको जीवन अति व्यस्त भएको छ । व्यस्तताका कारण आफ्नो कामबाहेक अन्य कुरामा ध्यान दिन बिर्सिन्छन् । कामको चाप र दिनभरको थकानले कतिपय मानिस राति खाना नखाई भोकै सुत्ने गर्छन् । कोही मोटाउने डरले राति खाना खाँदैनन् । तर, केही नखाई सुत्ने बानीले स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ । भोको पेटका कारण कैयौँ रोग लाग्न सक्ने खतरा बढ्ने गर्छ ।

खाली पेट सुत्दा यस्ता असर

इनर्जी लस

धेरैले रातिको समयमा शरीरलाई खाना नभए पनि हुन्छ भन्ने सोच्छन् । हाम्रो शरीरले चौबीसै घन्टा इनर्जी उत्पादन गर्छ र हरेक पल क्यालोरी उत्पादन गर्ने गर्छ । यसका लागि शरीरलाई पोषक तत्वको आवश्यकता पर्छ । स्वास्थ्य स्रोतका अनुसार, जो व्यक्ति राति सुत्नुभन्दा पहिले ‘प्रोटिन सेक’को सेवन गर्छ, उसले अन्यले भन्दा बढी इनर्जेटिक महसुस गर्छ ।

निद्रामा असर

जसलाई राति भोकै सुत्ने बानी हुन्छ, उनीहरूको मेटाबालिज्ममा असर पर्न सक्छ । यसले शरीरको इंसुलिन लेभललाई प्रभावित पार्छ । यसबाहेक खाली पेट सुत्नाले कोलेस्ट्रोल वा थाइराइड लेभल पनि बिग्रिन्छ । यो बानीले अन्य रोगलाई पनि निम्त्याउन सक्छ । भोकै सुत्नाले राति पेट दुख्न सक्छ । जसले निद्रा पुग्न दिँदैन । त्यसैले राम्रो निद्राका लागि पनि खाना खाएर मात्र सुत्नुपर्छ ।

तौल झन् बढ्छ

मोटोपनको समस्यामा रहेकाहरू राति खाली पेट सुत्दा मोटोपन घट्छ भन्ने सोचले भोकै सुत्ने गर्छन् । तर, यो एकदमै गलत सोच हो । स्वास्थ्य विज्ञहरूले रातमा हल्का भए पनि खाना खान सल्लाह दिन्छन् । तर, खाना नखाई सुत्नाले स्वास्थ्यमा असर पुग्नुका साथै तौल पनि बढ्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार