रंगशालामा सुन्तलीले धुर्मुसलाई चु,म्बन दिएर सुरु गरिन् मैत्रीपूर्ण क्रिकेट खेल

(भिडियो सहित)

२०७६ फाल्गुन २, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ – धुर्मुस सुन्तलीलाई अहिले भ्याई नभ्याई छ । आफुले निर्माण गरेको पहिलो चलचित्र ‘सेन्टी भा,इरस’ को प्रचार प्रसार गर्नुपर्ने साथै गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि सहयोग जुटाउने अभियानमा हिड्नुपर्ने हुँदा धुर्मुस सुन्तली अहिले व्यस्त माथि व्यस्त छन् ।
‘सेन्टी भाइ रस’ को प्रमोसनका लागि धुर्मुस सुन्तलीले बन्दै गरेको रंगशालामा मैत्रीपूर्ण क्रिकेट खेल आयोजना गरेका छन् । चलचित्र पत्रकारहरु र सेन्टी भाइरसका कलाकारहरु बीच हुन लागेको मैत्रीपूर्ण क्रिकेट खेल आज हुँदैछ । यो खेल पूर्णता चलचित्र प्रचार प्रसार र रंगशाला सहयोगार्थ हुने गरि आयोजना गरेको आयोजकले बताएका छिन । काठमाडौबाट पत्रकारहरु हिजो चितवन पुगेका छन् भने अहिले उक्त खेल सुरु भएको छ ।

‘सेन्टी भा,इरस’ का मुख्य कलाकारहरु समेत चितवन पुगेर रंगशाला निर्माणको अभियानमा हात बढाईरहेका छन् । दयाहांग राई, विल्सन विक्रम राई, बुद्धि तामाङ्ग, कुमार कट्टेल, अर्जुन घिमिरे लगायत कलाकारहरु चितवन मा छन् र आजको खेलमा सहभागी हुँदै छन् ।

आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस भएका कारण धुर्मुस सुन्तलीले प्रेम दर्शाउंदै आजको मैत्रीपूर्ण खेल सुरु गरेका छन् । धुर्मुसले घुंडा टे,केर सुन्तलीलाई प्रपोज गरेका छन् भने सुन्तलीले धुर्मुसको गालामा चु,म्बन गर्दै खेल सुरु गरेका छन् । धुर्मुस सुन्तलीको माया देखेर सबै एकछिन लोभिएका समेत थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार