गौरादह दशै महोत्सव: कालीको गीतलाई दर्शकको ताली !

२०७६ आश्विन २५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा । असोज १७ गतेदेखि गौरादह उद्योग वाणिज्य संघले आयोजना गरेको गौरादह दशै महोत्सव अन्तरगत आज शनिबार पनि दर्शकहरु झुमेका छन्।

आज चर्चित गायक, संगीतकार तथा कम्पोजर काली प्रसाद बाँस्कोटाको प्रस्तुतीले उपस्थित दर्शकहरु झुमेका थिए ।
उनले चर्चित गीत `नीर जहिले रिसाउनी , पिरतीको बर्को, लप्पन छप्पन जान्दिन´ … लगायत आधा दर्जन भन्दा बढि गीत गाएका थिए ।

यस्तै महोत्सवमा आज स्थानीय कलाकारको नृत्यका साथै अन्य प्रस्तुति नि रहेको थियो । महोत्सवमा भोलि `काउली बुढि´ भनेर चिनिएकी सन्ध्या बुढा र उमेश राई `फुलन्देकी आमा´ को प्रस्तुतीसंगै अन्य साँस्कृतिक प्रस्तुती रहेको आयोजकले जनाएको छन ।

कार्तिक २ गतेसम्म चल्ने महोत्सवमा विभिन्न मनोरञ्जनका खेलहरु रहेका छ्न । महोत्सवमा दिनप्रति दर्शकको संख्या पनि बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार