
- अर्जुन दाहाल
राम्री तरुनीको मिठो वचन सुनेपछि, उसको मस्तिष्कमा त्यही शब्द घण्टी भएजस्तै लगातार घन्किरहन्छ । उसले आज “थ्यांक यु” सुन्यो, भात खाँदा पनि दिमागमा “थ्यांक यु”, चुरोट तान्दा पनि “थ्यांक यु”, मदिरा सेवन गर्दा पनि”थ्यांक यु´´, सपनामा पनि “थ्यांक यु” नै सुनो । अब थ्यांक यु बाट अगाडि बढ्ने उसले विचार गर्यो, अनि अगाडि बढ्यो प्रेमको प्रस्ताव गर्न । प्रेम प्रस्ताव गर्ने पनि उसको अलग्गै अन्दाज छ । गित गाउने राग र सरगम मिसेर। “आहाहाहाहाआआआ…ई लभ यु” यति भन्दा गीत पनि गाएर सुनाइयो, गायकको छवि पनि बन्यो र संगीतको रागको साधना पनि भयो । धेरै केटीहरुको लागि उ सफल गायक हो, राग गाउने गायक। फुईयाको फुरफुर ।
