खुल्यो यस्तो रहस्य ! विमलसहित चार फुटबल खेलाडीलाई सागमा पनि प्रति’बन्ध

२०७६ मंसिर ७, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्नुअघि अनुशासनको कार बाहीमा परेका नेपालका चार फुटबल खेलाडीलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्रति बन्ध गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं सागमा पनि विमल घर्तीमगर सहित चार खेलाडीलाई प्रति बन्ध गर्न लागेको एन्फा श्रोतले बताएको छ । सागको तयारी टोलीमा विमल सहित यसअघि कुवेतसँगको खेलमा प्रति बन्धको कारबामा परेका अन्जन बिष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई समावेश गरिएको छैन ।

सन्तोष भने यसअघि सागको तयारी टोलीमा थिएनन् । ‘खेलाडीले डिस्को र नाइट क्लब गएको मात्र होइन । अन्य गम्भीर अनैतिक कार्य गरेको खबर पनि आएको छ । अनुशासन समितिले छानविन गरिरहेको छ । त्यसको रिपोर्ट आएपछि थप ठूलो कारबाही हुन सक्नेछ,’ एन्फा श्रोतले भन्यो ।

यी चार खेलाडीलाई दुई बर्षसम्म प्रति बन्ध कारबाही हुनसक्ने समेत श्रोतले बतायो । यी खेलाडी विनै भुटानमा कुवेतसँग नेपाली टोलीले राम्रो खेलेको पनि एन्फा श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार