फिफा विश्वकप छनोट : दोस्रो चरणको खेलमा कुवेतसँग नेपाल १-० ले पराजित

२०७६ मंसिर ३, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भूटान – फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।

भूटानमा भएको खेलमा नेपाल कुवेतसँग १-० गोल अन्तरले पराजित भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवातदेखि नै दबाबमा राखेको नेपाललाई कुवेतले पहिलो हाफमा नै एक गोल गर्दै अग्रता लिएको थियो ।

नेपालमाथि दबाब दिएको कुवेतले दुई वटा उत्कृष्ट मौकापछि गोल गर्न सफल भएको थियो । कुवेतका कप्तान बदर अल मतवाले डिबक्स बाहिरबाट गरेको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाउन सकेनन् ।

र, २८ औं मिनेटमा नेपाल १-० ले पछाडि रह्यो । दोश्रो हाफमा पनि निकै दबाबमा राखेपनि कुवेतले थप गोल गर्न सकेन र नेपाल पराजित हुन पुग्यो ।

घरेलु मैदानमा हुनुपर्ने खेल दशरथ रंगशालाको पुनर्निर्माण नसकिएकाले भुटानमा खेलिएको हो । नेपाली भूमिमा दर्शकको साथमा खेल्न नपाए पनि अघिल्लो हारको तुलनामा नेपालको सुधारिएको प्रदर्शन भयो ।

पहिलो लेगमा ७-० ले हार्नुभन्दा अघि नेपाल र कुवेतबीच गएको मार्चमा भएको दुई खेलमा एउटा गोलरहित बराबरीमा टुंगिएको थियो भने अर्कोमा नेपाल १-० ले पराजित भएको थियो ।

कुवेतसँगको खेलअघि भूटान जानुअघि नेपाली टिममा चार खेलाडीलाई अनुशासनहीन गतिविधि गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टिमबाट हटाएको थियो ।

विश्वकप छनोटमा अहिलेसम्म ५ खेल खेलेको नेपालले १ खेल मात्रै जितेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय