फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत आज नेपालले कुवेतसँग खेल्दै

२०७६ मंसिर ३, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैँ – कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत आज नेपाल र कुवेतबीच भुटानमा खेल हुँदैछ ।

दुई दिनअघि नै भुटान पुगेको नेपाली टोलीले आफूलाई मौसमअनुकुल हुने गरी तयारी गरेको छ । खेल भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा खेल पौने तीन बजे शुरु हुने छ ।

नेपालको पहिलो होम खेलको रुपमा रहेको यस खेल यस अघि दशरथ रंगशाला हुने तय भएको थियो । तर, पुनस्निर्माण भईरहेको नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले खेल न्युट्रल भेन्युमा गर्न एन्फालाई निर्देशन दिएको थियो । जस अन्तर्गत खेल भुटानमा हुन लागेको हो ।

पहिलो लेगमा कुवेतसँग भएको खेलमा नेपाल सात शुन्यले पराजित भएको थियो । छनोटको समूह बी मा नेपाल समूहको चौंथो स्थानमा छ । छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

विश्वकप खेलिसकेको शक्तिशाली कुवेतबाट अंक खोस्ने दावी नेपाली टोलीका कप्तान किरण चेम्जोङले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय