
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबल टिमका चारजना खेलाडीलाई बर्खास्त गरेको छ । एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई बर्खास्त गरेको हो ।
विश्वकप छनोटको कुवेतसग खेल्ने टिममा रहेका उनीहरुले अनुशासन भन्दा बाहीर रहेर काम गरेको भन्दै एन्फाले बर्खास्ती गरेको हो । एन्फाले आन्तरिक छलफल गरेर उनीहरुको स्थानमा चार खेलाडी भुटान पठाउने तयारी गरेको छ ।

राष्ट्रिय टिमका चार खेलाडी शुक्रबार राति ठमेलस्थित लाउन्च वारमा गएको भेटिएपछि कार बाही गरिएको बताइएको छ ।