सचिन तेन्दुलकर काठमाडौंमा , आज मैत्रीपूर्ण क्रिकेट खेल्ने

२०७६ कार्तिक ३०, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर काठमाडौं आइपुगेका छन् ।

यूनिसेफले आयोजना गरेको कार्यक्रमका लागि सचिन काठमाडौं आएका हुन् । बाल अधिकारको वकालत गर्ने यूनिसेफले मैत्रीपूर्ण क्रिकेटको आयोजना गरेको छ ।

यूनिसेफको सदुभावना दूत रहेका सचिनले शनिबार (आज) किर्तिपुर क्रिकेट मैदानमा मैत्रीपूर्ण क्रिकेट खेल्नेछन् । बाल अधिकारबारे सन्देश दिन आयोजना गरिने मैत्रीपूर्ण क्रिकेट १० ओभरको हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार