कप्तान मेस्सीको ह्याट्रिकमा लिग ला लिगामा बार्सिलोनाले शानदार जित

२०७६ कार्तिक २४, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

एजेन्सी – कप्तान लिओनल मेस्सीको ह्याट्रिकमा लिग ला लिगामा बार्सिलोनाले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४-१ ले पराजित गरेको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा शानदार जित दिलाउनको लागि कप्तान मेस्सीले दुई गोल फ्रि किकमार्फत र एक पेनाल्टीमार्फत गोल गरे भने अर्को गोले सब्सिच्युट खेलाडी सर्जियो बुस्केट्सले गरे ।

खेलको ३२ औँ मिनेट मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बक्समा सेल्टाका खेलाडीले बल क्लियर गर्नेक्रममा ह्यान्ड बल गरेपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टीको मौका दिएका थिए ।

खेलको ४२औं मिनेटमा सेल्टाले बराबरी गोल फर्कायो । सेल्टाका युवा खेलाडी लुकास ओलाजाले फ्रि किकमार्फत गोल गर्दै बराबरीमा ल्याएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा मेस्सीले फ्रि किकमार्फत् दर्शनीय गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २ १ को अग्रता लियो ।

त्यसपछि दोस्रो हाफमा बार्सिलोनाले २ गोल थप्यो भने सेल्टा भिगो गोल गर्न सकेन ।
दोस्रो हाफ सुरु हुनासाथ ४८औं मिनेटमा मेस्सी फ्रि किकमा दोस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।

त्यसपछि खेलको ८५ औँ मिनेटमा सर्जियो बुस्केट्सले गोल गरेपछि खेल बार्सिलोनाले ४–१ ले जित्यो । । पहिलो हाफको २३औं मिनेटमा चोटग्रस्त बनेर मैदान छाडेका लेन्सन सेमेडोको स्थानमा मैदान छिरेका थिए ।

यो खेलसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा पनि चढेको छ । उसले १२ खेलबाट २५ अंक बनाएको छ । समान २५ अंक भएको रियल मड्रिड दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय