टी-२० क्रिकेटमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान पारस खड्का !

२०७६ आश्विन २८, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाण्डौ – त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज अन्तर्गत सिंगापुरविरुद्धको खेलमा शतक प्र हार गरेका नेपालका कप्तान पारस खड्काको यतिबेला चौतर्फी चर्चा भैरहेको छ ।

क्रिकेट समर्थकमात्र नभइ क्रिकेट बाहिरका व्यक्तिहरुले पनि पारसलाई बधाइ दिइरहेका छन् । साथै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि पारसका बारमा निकै सकारात्मक समाचारहरु प्रकाशित गरेका छन् ।

भारतको चर्चित पत्रिका ‘हिन्दुस्तान टाइम्स’ ले पनि पारसलाई राम्रो स्थान दिएको छ । टी–२० क्रिकेटमा शतक प्र हार गर्ने कप्तानको सूचीमा परेको भन्दै पारसलाई भारतका कप्तान विराट कोहली र अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथसँग तुलना गरिएको छ ।

त्यो पत्रिकाले पारस नेपालका लागि टी–२० मा शतक हान्ने पहिलो कप्तान मात्र नभइ लक्ष्य पछ्याउँदा शतक हान्ने पहिलो कप्तान भएको पनि बताएको छ । ४९ बलमा शतक बनाएका पारसले ५२ बलमा अविजित एक सय ६ रन बनाए । यसअघि टी–२० मा पारसको सर्वाधिक स्कोर मलेसियाविरुद्ध अविजित ८६ रन । यो स्कोर नेपाली खेलाडीले टी–२० मा बनाएको व्यक्तिगत उच्च स्कोरसमेत थियो ।

नेपाली टाेलीका कप्तान पारस खड्का लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान बनेका छन् । यसअघि नेदरल्याण्ड्स का पिटर सीलरले स्कटल्याण्डविरुद्ध बनाएको ९६ रन नै लक्ष्य पछ्याउँदाकाे उच्च स्कोर थियो ।

विराट काेहली र स्टिभ स्मिथलाई पनि उछिने

इंग्ल्याण्डविरुद्ध स्टिभ स्मिथले बनाएको ९० रनलाई पनि पारसले उछिनेका छन्, जुन कप्तानका रुपमा उनकाे तेस्रो ठूलो स्कोर थियो । यस्तै वेस्ट इण्डिजका क्रिश गेलले अष्ट्रेलियाविरुद्ध बनाएको ८८ रन कप्तानका रुपमा तेस्रो उच्च रन थियो । यो सूचीमा भारतीय कप्तान विराट काेहली आठौँ स्थानमा छन् । उनले कप्तानका रुपमा लक्ष्य पछ्याउँदा ८२ रन बनाएका थिए ।

नेपालको सिनियर टिममा एक दिवसीय र टी–२० मा शतक प्रहार गर्ने खेलाडी मात्र नभइ पहिलो कप्तान पारसले सिंगापुरविरुद्ध नेपाललाई जिताउँदा विभिन्न रेकर्ड बनाएका छन् ।

नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा पहिलाे शतक ।। टी–२० अन्तर्राष्ट्रियममा एकै इनिङ्समा नेपालका तर्फबाट सर्वाधिक ९ छक्का ।। दाेस्राे विकेटका लागि सर्वाधिक रनकाे साझेदारीमा पाँचाैँ -१४५ रन ।। एसियाली कप्तानमध्ये सर्वाधिक छिटाे शतक प्रहार गर्नेमा चाैथाे । । कम याेगफलकाे लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने पहिलाे कप्तान

उत्कृष्ट खेल प्रदर्शन गरेर विभिन्न कीर्तिमानसहित नेपाललाई सानदार जित दिलाएका कप्तान पारस खड्काकाे आईसीसी क्रिकेट, इण्डिया टुडे, इण्डियन एक्सप्रेस, द नेशनल लगायतले पनि प्रशंसा गरेका छन् । उज्यालो अनलाईनबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार