गौरादहमा भलिवल प्रतियोगिता आयोजना हुने

२०७६ आश्विन २७, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – गौरादह खेलकुद बिकास समितिको आयोजनामा भोलि असोज २८ देखि कार्तिक २ गतेसम्म झापा जिल्ला अन्तर पालिका मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । गौरादह खेलकुद बिकास समितिको आयोजनामा हुन लागेको प्रतियोगिता जनता मा. विको खेल मैदानमा हुनेछ ।

पहलो खेलमा भोलि गौरादह न.पा र मेची नगर न.पा बीच दिउसो १२ बजे खेल हुने आयोजकले जानकरी दिएका छन ।

प्रतियोगितामा जिल्लाका १३ स्थानीय तहको सहभागिता रहेको समितिका सचिव निर्मल बास्तोलाले जानकारी दिए । उनले प्रतियोगिताले लुकेर रहेका प्रतिभा उजागर गर्नुका साथै खेलाडी उत्पादनमा पनि सघाउने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाख , उपबिजेतालाई ५१ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार