
काठमाडौं – सामाजिक सञ्जालमा भाईरल जंगी बाबाले मिचिएको नेपाली भुमि फिर्ता गर्न भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिन्दी मै चेतावनी दिएका छन् ।
उनले भारतले मिचेको कालापानी नेपालकै भएको बताए । ‘कालापानी नेपालको हो दुईमत छैन । राष्ट्रवादी भन्ने नेताहरुले केही गर्दैनन, उनले भने, ‘कालापानी हाम्रो हो । सीमा मिच्ने काम सैह्य छैन । हामी एकजुट हुनुपर्छ ।
कुटनीतिक रुपमा सरकारले भारत सरकारसँग कुरा गरेर कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता गराउनु पर्ने उनको भनाई छ । मोदी सरकारले कैले नाकाबन्दी गर्ने कैले सिमा मिच्ने यो सैह्य छैन, उनले भने, असल छिमेकी बन्नुहोस मोदी जि हेपाहा प्रवत्ति त्याग्नुहोस ।
