गायिका लता मंगेशकरको मृत्यु भएकै हो त ?

२०७६ कार्तिक २९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – अस्पतालमा उपचार गराइरहेकी लोकप्रिय भारतीय गायिका लता मंगेशकरको मृत्यु हल्लाबारे परिवार र प्रशंसकहरुले आपत्ति जनाएका छन् । अस्वस्थताका कारण अस्पतालमा उपचार गराइरहेकी ९० वर्षीया मंगेशकर गत सोमबार श्वासप्रश्वास प्रक्रियामा समस्या आएपछि अस्पताल भर्ना भएकी छन् । मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचाररत मंगेशकरको बिहीबार साँझ एकाएक निधनको समाचार फैलिएपछि भारतीय संगीत क्षेत्र स्तब्ध नै भएको थियो ।

कैयौं नेपाली गीतमासमेत आवाज दिएकी मंगेशकरको निधनको उक्त समाचारले नेपाली संगीतकर्मीलाई स्तब्ध बनायो । पछि आएर उक्त समाचार गलत सवित भएको भयो । भारतीय अनलाइन वेबदुनियाका अनुसार मंगेशकर हाल अस्पतालमा उपचार गराइरहेकी छन् । सामाजिक सञ्जालमा निधनको हल्लाबारे मंगेशकरको परिवारले पनि आपत्ति जनाएको छ ।

गायिका मंगेशकरकै अफिसियल ट्विटरमा उनकै परिवारका सदस्यले ट्विट गर्दै लता मंगेशकरको स्वास्थ्य अवस्था सुधार हुँदै गएको र प्रशंसकले देखाएको चासो र सहानुभूतिप्रति आभार प्रकट गरिएको छ । आईसियुमा रहेर उपचार गराइरहेकी मंगेशकरको परिवार स्रोतले समाजिक सञ्जालमा फैलिएको हल्लाको खण्डन गर्दै यस्तो अफवाह नफैलाउनसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार