गौरीले शेयर गरिन् शाहरुखको पुरा परिवारको फोटो

२०७६ कार्तिक १९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – बलिउडमा किंग खानका नामले परिचित शाहरुखले गएकाे २ नोभेम्बरमा आफ्नो ५४औं जन्मदिन मनाए । शाहरुखकाे जन्मदिनको भोलीपल्ट उनकी पत्नी गौरी खानले एक तस्वीर सामाजिक संजालमा शेयर गरिन् ।

जुन तस्वीरमा शाहरुखका पुरा परिवारलाई देखिन सकिन्छ । परिवारमा शाहरुख उनकी पत्नी गौरी खान, दुई छोरा आर्यन र अब्राहम त्यस्तै छोरी सुहाना खान साथमा देखिएका छन् । गौरीले शेयर गरेको फोटोमा शाहरुखले रमाइलो प्रतिक्रिया दिएका छन् ।

शाहरुखले फोटोमा रिप्लाई दिँदै भनेका छन् -‘वषौँदेखि मैले राम्रो भवन बनाएँ, त्यसलाई घर बनाउने काम गौरीले गरिन् तर वास्तवमा हामी असल छोराछोरी बनाउननै सिपालु रहेछौंँ ।’ गौरीले शेयर गरेको तस्वीरलाई सामाजिक संजाल प्रयोगकर्ताहरुले निकै मन पराएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार