आज ( शुक्रबार ) गौरादह दशैँ महोत्सवमा आउन लागेकी गायिका मिना निरौला बारेका केहि तथ्य

२०७६ कार्तिक १, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं  – भारत मनिपुरमा जन्मिएकी मीना पोखरेल (निरौला) मा सानै उमेरदेखि संगीतप्रति मोह थियो । स्थानीय मनीपुरी भाषाका गीत गाउँथिन् । गाउने मात्रै होइन उनको नाच्नमा पनि शोख थियो । घरगाउँमा हुने कार्यक्रममा उनी गाउँथिन्, नाच्थिन् ।

त्यहाँ नेपाली गीत कम सुनिन्थ्यो । त्यसैले हिन्दी र मनीपुरी भाषाकै गीत तथा भजन गाउँथिन् । कक्षा ११ पढ्दादेखि उनले क्लासिकल म्युजिक सिक्न थालिन् । चार वर्ष क्लासिकल म्युजिक सिकेकी उनले  भारतकै प्रसिद्ध क्लासिकल गुरु मोहिराङसँग संगीतको बिसारत तह पूरा गरिन् । मिनाले भोकलसँगै सितार र हार्मोनियम सिकिन् ।

२१ वर्ष अगाडि उनले पहिलोपटक गीत गरेकी थिइन् । उनका गीत विस्तारै लोकप्रिय हुँदै गए । मनिपुरमा उनको लोकप्रियता चुलियो । उनी नेपाल आइन् । नेपाली गीत गाउन थालिन् । पलेँटीमा पुगेपछि उनको सांगीतिक यात्राले उचित मार्ग पहिल्यायो । चलचित्र ‘लुट–२’को गीत ‘ठमेल बजार’ गाउन उनलाई कालीप्रसाद बाँस्कोटाले प्रस्ताव ल्याए । आफ्नो भोकल टोन आइटम गीतसँग मिल्छ भन्ने उनलाई थाहा थियो । गीत गाइन् । लोकप्रिय भयो । अहिले नेपाली चलचित्रको आइटम गीत गायनमा उनी पहिलो रोजाई छन् । उनले करिब डेढ सय गीत गाइसकेकी  छिन । बाह्रखरीबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय