हेर्नुस २०७६ मंसिर ५ गते बिहिबारको राशिफल

२०७६ मंसिर ५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

आज २०७६ मंसिर ५ गते बिहिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

सरकार विरोधी कार्यबाट सम्भवत टाढै रहनु होला । दुर्घटनाबाट सम्हालिएर रहनु होला । बाहिरको खान-पिनको बानीको कारण स्वास्थ्य बिग्रन सक्दछ । समयानुसार कार्य पूर्ण हुँदैन । व्यवसायमा पनि सम्हालिएर अघि बढ्नु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

रुचिकर मित्र र स्वजनको साथ घुम-फिरले आनन्द उल्लास प्राप्त हुनेछ । सुन्दर वास्त्राभुषण र भोजनको अवसर प्राप्त हुनेछ । मध्याहन पश्चात स्वास्थ्य प्रति सावधानी अपनाउनु होला । अधिक खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज तपाइँको परिवारको वातावरण उल्लासमाया रहनेछ । शारीरिक स्फूर्ति र मानसिक प्रशन्नताको अनुभव हुनेछ । अपूर्ण कार्य पूर्ण हुँदा आनन्दमा वृद्धि हुनेछ । व्यवसायिक स्थलमा अनुकुल वातावरण रहनेछ । आर्थिक लाभ हुने सम्भावना रहेको छ । मध्याहन पश्चात तपाइँको मनमा मनोरंजन छाउनेछ । मित्र एवम् स्वजनको घुम-फिर र मनोरंजन स्थल भ्रमणको अवसर प्राप्त हुनेछ । मान-सम्मान प्राप्त हुँदा मनमा सन्तोष अनुभव हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आर्थिक योजना बनाउनको लागी राम्रो समय छ । एकाग्रतापूर्वक कार्य गर्दा कार्यमा सफलता मिल्नेछ । कसैको साथ वाद-विवाद नगर्नु होला । विद्यार्थीको लागी अनुकुल समय छ । पारिवारिक वातावरणमा शान्ती बनि रहनेछ । शारीरिक र मानसिक रुपमा स्फूर्ति र प्रशन्नता अनुभव हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज तपाइँ शारीरिक र मानसिक रुपले स्वस्थ रहनु हुनेछ । माताको स्वास्थ्यलाई लिएर चिन्तित रहनु हुनेछ । आर्थिक रुपले हानी हुन सक्दछ । परिश्रम अनुरुप परिणाम मिल्नेछ । विद्यार्थीहरुलाइ कार्यमा सफलता मिल्नेछ । नया कार्यको प्रारम्भ नगर्नु नै उचित हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रहस्य र आध्यात्मिकता प्रति तपाइँको अधिक आकर्षण रहनेछ । आर्थिक लाभको सम्भावना रहेको छ । नयाँ कार्य प्रारम्भ गर्न शुभ समय छ । मध्याहन पश्चात स्थितिमा परिवर्तन आउनेछ । शारीरिक र मानसिक रुपले निराशता छाउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज तपाइँको स्वास्थ्य बिग्रने सम्भावना छ । मानसिक रुपमा ग्लानीको भावना आउनेछ । परिवारजनको साथ केहि मर्यादापूर्वक व्यवहार गर्नु होला । धार्मिक कार्यमा खर्च हुनेछ । मध्याहन पश्चात प्रशन्नता अनुभव गर्नु हुनेछ । आर्थिक लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक वातावरण हर्षोल्लासपूर्ण रहनेछ । स्नेहीजन र मित्रको प्रसङ्गले आनन्द हुनेछ । मध्याहन पश्चात नकारात्मक विचार आउनेछ । तपाइँको वाणी र व्यवहारले परिवारजनको मन दुख्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बाणीमा संयम राख्नु होला र क्रोध नगर्नु होला । परिवारजनको साथको सम्बन्धमा केहि तितोपन उत्पन्न हुनेछ । शारीरिक र मानसिक रुपले अस्वस्थ रहनु हुनेछ । मध्याहन पश्चात कार्यमा सफलता प्राप्त हुनेछ । पारिवारिक वातावरण आनन्दप्रद रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामाजिक रुपले ख्याती प्राप्त हुने हुँदा व्यवसायिक, आर्थिक तथा सामाजिक रुपले लाभदायी दिन रहनेछ । मध्याहन पश्चात सावधानी अपनाउनु होला । स्वास्थ्यको राम्रो ख्याल राख्नु होला । वहाँ चलाउँदा सावधानी अपनाउनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मान-सम्मान बढ्नेछ । धन लाभको योग रहेको छ । प्रत्येक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ । मित्रको साथ पर्यटन आयोजना बन्नेछ । व्यवसायमा लाभ हुनेछ । आयाम वृद्धिको संभावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

व्यवसायी र व्यापारीवर्गको लागी प्रात:कालको समय अनुकुल छैन । प्रवासको सम्भावना रहेको छ । मध्याहन पश्चात कार्यालयको वातावरण अनुकुल रहनेछ । अपूर्ण कार्य पूर्ण हुनेछ । सन्तानको प्रगतीले सन्तोष हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार