हेर्नुस २०७६ कार्तिक २६ गते मंगलबारको राशिफल

२०७६ कार्तिक २६, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

२०७६ कार्तिक २६ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि हुनेहरुको लागि आजको दिन अल्लि होसविचार पुर्याएर चल्नपर्ने दिन रहेको छ । ज्ञानोन्मादको भावना देखिनसक्ने र कमजोरी उदांगिनसक्ने सम्भावना रहेकोले सो विषयमा ख्याल पुर्याउनु होला । मानवीय व्यवहार र धैर्यता गर्नाले प्रतिष्ठा जोगाउन सकिनेछ । सन्तानबाट सुख र केही लाभ मिल्ने देखिन्छ । परनिन्दाको वृतिलाई प्रसय दिँदा स्वकार्य पूरा गर्न समय गुज्रनसक्ने छ भने आफ्नो गोपनीयता खुश्कनसक्ने पनि डर देखिएको छ । अल्लि ध्यान पुर्याउन जरुरी देखिन्छ । बढी बोलेर बाठो हुने मनोविज्ञानले अन्तमा पछुतो पार्नसक्ने भएकोले संयम गर्नु बुद्धिमानी हुनेछ । लगनशीलतापूर्वक स्वकर्ममा खट्नाले भने केही लाभ हातपार्न सकिनेछ ।

वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन केही सावधानी अप्नाउनु पर्ने देखिएको छ । अनायाशै वादविवाद तथा मनमुटावको सम्भावना देखिएकोले जनजीवन एवम् बोलीचालीको व्यवहारमा विचार पुर्याएर मात्रै काम गर्नुपर्ला । केही पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटेताकेको काममा विलम्ब हुने तथा अनर्थजन्य लक्षणहरु प्रतित हुनसक्ने ग्रहगोचरीय अवस्था देखिएकोले संयम गर्न जरुरी हुनेछ । नियत सफा राखेर गरिने कार्यबाट केही लाभ गर्न भने सकिनेछ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमा समानका व्यक्तित्त्वको आर्शिवादले यहाँलाई हित गर्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन आँटिलो एवम् साहसिलो रहने छ । पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन गर्ने मौका मिल्नसक्ने छ । विशेष काम बन्नाले अन्य कामकार्यमा पनि प्रचुरमात्रामा रुचि बढ्ने छ । शुभचिन्तकबाट सहयोग मिल्ने र प्रतिस्पर्धा आदिमा पनि सफलता हात लाग्ने छ । राजनीतिजन्य सांगठानिक क्षेत्रमा वचस्व कायम गर्न सकिनेछ भने खेलकुद आदिमा पनि राम्रो पौरख देखाउन सकिनेछ । दाजुभाईसँगको सहकार्यबाट उपयुक्त परिणाम निकाल्न सकिनेछ । प्रफुल्लता एवम् सन्तोष बृद्धि हुनेछ । आज यहाँलाई भगवान आशुतोषको आरधनाको साथमा तीन अंक र हरियो रङ्गको प्रयोग शुभकर हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्य अनुकूल देखिएको छ । तथापि बोलीवचनको अपव्याख्या हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तरपनि धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । रणनीतिक प्रयत्नले मात्रै नाता–कुटुम्बिक सम्बन्ध विस्तार हुनजाने र व्यवहारिक सावधनीको जरुरी हुनेछ । सम्भावित प्रतिकूलतालाई न्यूनिकरण गर्न आज यहाँले भगवान शिवको श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि हुनेहरुको लागि आजको दिन केही अनुकूल रहेको छ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य पूर्ण गर्न सकिने छ । कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । केही महत्त्वपूर्ण कामकार्यमा सफलता हातपार्न सकिनेछ । टाढिएका स्वजन नजिक गराउन सकिनेछ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग फापकर हुनेछ भने भगवान शिवको स्तुति गर्नु फलप्रद हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशि हुनेहरुको लागि आजको दिन दैनिक एवं पारिवारिक आवश्यकताहरु थपिने र खर्चको मात्रा बढ्नसक्ने छ । कामकार्यमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष बाधा विघ्नता आउने, समर्थन जुटाउन अल्लि गार्हो पर्नेछ, तथापि कतैबाट राम्रो टेवा मिल्नेछ र केही उपलब्धि पनि हुनेछ । चोटपटक तथा दुःखविमारको सम्भावना छ, यात्रा एवं चलखेलमा र खानपानमा ख्याल पुर्याउन जरुरी छ । केही संघर्ष पर्यो भन्दैमा मानसिक विचलन गरी हाल्न भने पर्दैन, सामान्यतया प्रतिष्ठामा आ“च आउने र केही प्रतिकूल जस्तो देखिएपनि अन्तिम घडीमा केही सफलता पनि मिल्नेछ । तीन अङ्क एवं पहेंलो रङ्गको प्रयोग र भगवान गौरीशङ्करको भक्ति आज तपाईँको लागि फाइदाकर हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिहुनेहरुको लागि आजको दिन उच्चमनोबल बढ्ने र महत्त्वपूर्ण काम सम्पादन गर्नसकिने दिन रहेको छ । आर्थिकपक्ष सबल हुनेछ । स्वजनबाट सहयोग मिल्ने छ भने विद्यार्थीहरुको लागि विद्यामा रुचि र सफलता मिल्ने छ । सन्तानको बाटोबाट पनि सन्तोष लिनसकिने छ । पेशा तथा व्यवसाय आदिबाट यथा औकात धनार्जन गर्नसकिने र आर्थिक भार कम हुने हुनाले चित्तवृतिमा शान्ति मिल्ने छ । स्वकार्यबाट सन्तुष्टि मिल्ने छ भने यात्रा सफल हुने देखिन्छ । सामाजिक क्षेत्रमा प्रतिष्ठा तथा यशकृति बढ्न गई आत्मबल पनि बृद्धि हुने ग्रहगोचर परेको छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन उच्चकोटीको मानसम्मान प्राप्त हुनसक्ने खालको दिन छ । व्यक्तित्त्वको विकास हुने सुअवसर मिल्ने हुनाले समयको बढीभन्दा बढी सदुपयोग गर्नुहोला । व्यापार व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रमा ग्रहले राम्रो बल दिएको छ । केही उच्चपदस्थ मान्य व्यक्तित्त्वसँग सम्बन्ध विस्तार हुनसक्ने छ । राज्यतहबाट बनाउनपर्ने कार्य बनाउनको लागि पनि अनुकूल दिन रहेको छ । यहाँलाई आज एक अंक, रातो रङ्ग अनुकूल हुने छ भने भगवान शिवको श्रद्धाभाव बढाउनु हितकर हुनेछ ।

धनु राशि(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशि हुनेहरुको लागि आजको दिन आफूभन्दा माथिल्लो निकायबाट दबाब तथा अपयशको बाबजुत पनि अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुने रहेको छ । समाजसेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा केही लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अंक पहेलो रंग प्रयोगर संघर्ष निवृतिको लागि भगवान गौरीशङ्करको दर्शन एवं श्रद्धाभक्ति गर्नु शुभ हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल समय देखिएको छैन । स्वास्थ्यमा समस्या बढ्नसक्ने तथा कामकार्यमा पनि झमेला आइलाग्नसक्ने सम्भावना छ । समयको प्रतिकूलतालाई नबुझि कुनै पनि कार्यमा हतार गर्दा उल्टो परिणाम आउनसक्ने र हानी नोक्सानी व्यहोर्नुपर्ने हुनसक्ने छ, ख्याल पुर्याउनु होला । दैनिक कार्यमा बढी परिश्रमको बाबजुत कम उपलब्धिले चित्तबुझाउनु पर्ला, संयम र धैर्य गरी प्रतिकूल समयलाई टर्न दिनु बुद्धिमानी हुनेछ । मानसिक चञ्चलतालाई संयम गरी स्वकर्ममा लगनशील हुनाले केही लाभ गर्न सकिनेछ । आज आठ अंक र रातो रङ्ग शुभ हुनेछ भने र रोगीको सेवाले पूण्य दिनेछ ।

कुम्भ राशि(गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन भौतिक सुखसुविधा एवं उन्नति गराउने खालको गोचर रहेको छ । विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुने छ । व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । छोटो तथा लामो दुरीको यात्राको पनि सम्भावना देखिन्छ । विवाहको चर्चा चल्नसकने सम्भावना छ भने प्रेमपारखीको लागि पनि दिन उत्तम छ । आज यहाँलाई सात अंक, सेतो रङ्गको प्रयोग शुभ हुनेछ भने गौरिशङ्कर भगवानको दर्शनभक्ति गर्नुले भाग्ये बृद्धि गर्न मद्दत हुनेछ ।

मीन राशि(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन पराक्रम बढ्ने दिन रहेको छ । केही महत्त्वपूर्ण काममा सफल पौरख प्रस्तुत गर्न सकिनेछ । अवसर एवम् समयको सदुपयोग गर्नाले प्रतिस्पर्धामा उत्कृष्ट सफलता मिल्ने र सन्तोष मिल्ने छ । यहाँले आज व्यवसायिक एवम् स्वकार्यबाट राम्रो आर्थिक लाभको गर्न सक्नुहुने छ । आरोग्यता र कान्तिमा बृद्धि हुनाले अकर्षण शक्ति बढ्नेछ । थाति रहेका केही विशेष मानिने कामहरु सम्पादन गर्नसकिने छ । आज यहाँलाई हरियो रंग, छ अंकको प्रयोग शुभ रहने छ भने गौरीशङ्कर भगवानको श्रद्धाभक्ति उपयुक्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार