हेर्नुस २०७६ कार्तिक २० गते बुधबारको राशिफल

२०७६ कार्तिक १९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

२०७६ कार्तिक २० गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कार्य क्षेत्र परीवर्तनको सम्भाबना रहेकोछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम नरहला । स्वास्थमा समेत सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्थान परीवर्तनको सम्भाबना रहेकोछ । गरीरहेको कार्यमा समेत सामान्य तनाबको सामना गर्नु पर्नेछ । मान्यजनहरु सगँको सम्बँन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सबारी साधनको प्रयोगमा बिषेश साबधान रहनु होला ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतिपक्क्षीहरु कमजोर रहनेछन । कार्यक्षेत्र सबल रहला । मित्र तथा दाजु भाई हरुको साथ सहयोग ले भाग्योदयको योग रहेकोछ । परीश्रमको राम्रो फल प्राप्त होला । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन् । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । खानपानको गडबढिले स्वास्थमा सामान्य असर रहला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । अनावश्क यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । मित्र वा दाजुभाई बिच मनमुटाब हुन सक्छ । नेत्र सम्बन्धि समस्याले सताउन सक्छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आक्समिक धनलाभ हुने योग रहेको छ । कुलकुटुम्बको साथ सहयोग ले नयाँ कार्यको थालनि हुन सक्ने सम्भाबना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सामान्य कार्यका निम्ति धेरै समय र परिश्रम खर्चिनु पर्ने छ । तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन् । पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । अरुले गरेको गलत कामको आरोप तपाईले भोग्नु पर्ला । मित्रजन हरुको प्रशन्नताका निँित सामान्य खर्च हुने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । तपाईको बोलिको कारण आफन्तजन हरु रुष्ट रहन सक्छन ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रु सबल रहनेछन् । नयाँ लगानीको क्षेत्रमा बिशेष होस पुर्याउनु होला । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार