उद्योग वाणिज्य संघ गौरादहले गायक ताजपुरियालाई सम्मान गर्ने !

२०७६ आश्विन २०, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – उद्योग बाणिज्य संघ गौरादहको आयोजनामा भईरहेको दशैँ महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका साथै दार्जिलिङका कलाकारले दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेका छन् ।

हिजो तेश्रो दिनमा झण्डै २ हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका थिए । हिजोको कार्यक्रममा गायक तथा संगीतकार डम्बर नेपालीको प्रस्तुति रहेको थियो ।

आज चौथो दिनको कार्यक्रममा अहिलेकी चर्चित गायिका मेलिना राई आउने जानकारी आयोजकले दिएको छ । उनका ‘कम्मर माथि पटुकी.. ,कुटुमा कुटु सुपारी दाना …. माछीले खाने खोलिको लेउ  ..’ जस्ता दर्जन बढि  गित सुपरहिट छन् ।

त्यस्तै आज गायक सिताराम ताजपुरियालाई सम्मान गर्ने कार्यक्रम रहेको उवा संघ अध्यक्ष जीवन राईले जानकारी दिएका  छन्  । ताजपुरिया तिनै गायक हुन् जसले ‘गौरादहको बजारमा माया हाम्रो बस्यो… ‘ बोलको गीत गाएर गौरादहको नामलाई देश विदेशमा पुर्याउन उल्लेखनिय योगदान गरेका थिए । ताजपुरिया गौरादह नगपालिकाका स्थायी बासिन्दा हुन् । रेडियो नेपालबाट निबृत भएपछी उनि केहि वर्ष अघि आफ्नो ठाउ आएका हुन्  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार