झापा – यति बेला गौरादह महोत्सवमय बनेको छ । गौरादह दशैँ महोत्सवको आज दोश्रो दिनमा घनश्याम गौतम ( नक्कली प्रचण्ड ) र सुरेश तिमल्सिना ( नक्कली केपी ओली ) ले आफ्नो प्रस्तुति दिएका थिए ।
प्रचण्ड र केपी ओलीको हुबहु नक्कल गर्न सक्ने खुबी भएका गौतम र तिमल्सिनाको प्रस्तुति देखेर दर्शक दंग देखिन्थे । कलाकारद्वव गौतम र तिमल्सिनाले देशमा भईरहेको भ्रस्टाचार र बेथितिलाई क्यारिकेचर मार्फत कडा प्रहार गर्दा दर्शकको गडगडाहट ताली सुनिन्थियो । महरा काण्ड देखि लिएर दशैँको जमरा सम्मका कुरा गर्दा दर्शकको हासो रोकिएको थिएन ।
आज दार्जिलिङका कलाकारहरुका साथै स्थानीय कलाकारको नि प्रस्तुति रहेको थियो। गौरादह कृषि थोक बजारमा भईरहेको महोत्सवको मुख्य आयोजक उद्योग वाणीज्य संघ गौरादह रहेको छ । आज दोश्रो दिनका केहि तस्बिर हेर्नुस :