गौरादह दशैँ महोत्सव आजदेखि सुरु हुदै , नगर प्रमुखले उद्घाटन गर्ने

२०७६ आश्विन १७, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – गौरादह उद्योग वाणिज्य संघको आयोजनामा आज देखि गौरादह दशै महोत्सव सुरु हुदैछ ।

आज संघका अध्यक्ष जीवन राईले पत्रकारहरु संग कुरा गर्दै महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएका छ्न ।

महोत्सवको उद्घाटन आज साझ ५ बजे गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा नाउँका रेश, ड्रागन रेश, रोटे पिङ्ग र विभिन्न व्यवसायीक स्टलहरु रहनेछन । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सवमा दार्जिलिङका कलाकारको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ।

राष्ट्रिय कलाकारहरु शिव परियार , घनश्याम गौतम ( नक्कली प्रचण्ड ), श्री कृष्ण लुइँटेल ( बोके दारी ), ज्योती मगर, डम्बर नेपाली , कमल खत्री, भिटेन, तृष्णा गुरुङ, मेलिना राई, मीना निरौला, हर्के हल्दार लगायतका कलाकारको दैनिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय