भारतीय बिस्तारबाद विरुद्द गौरादह क्यामपसका बिद्यार्थी सडकमा

२०७६ कार्तिक २५, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – सोमबार बिहान गौरादह बहुमुखी क्याम्पस र गौरादह कृषि क्याम्पसका विद्यार्थी भारतीय विस्तारबाद मुर्दावाद’भन्दै प्रर्दशनमा उत्रिएका छन् ।

भारतले हालसालै सार्वजनिक गरेको आफ्नो नयाँ राजनितिक नक्सामा ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक जस्ता नेपाली भूभाग समेटेपछी यसको बिरोध गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले सीमा मिच्न पाइँदैन, लिपुलेक हाम्रो हो, गो ब्याक इण्डिया, जाग नेपाल जस्ता नारा लगाई क्याम्पसबाट बिरोध प्रदर्शन सुरु गरेका थिए । बिरोध जुलुस गौरादह बजार हुदै डिपु चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै बिद्यार्थी अगुवाहरुले भारतले आफू ठूलो राष्ट्र भएको दम्भ देखाउँदै साना राष्ट्रलाई दबाएर भूमि कब्जा गर्न नमिल्ने भन्दै भारतको यो प्रवृत्ति गलत भएकाले कालापानी लिपुलेक फिर्ता गरी नेपालको भूमि आफ्नो नक्साबाट हटाएर नेपाललाई फिर्ता दिन माग गरेका छन् ।

यसरी नेपाली भूभागलाई अतिक्रमण गरी भारतले आफ्नो सिमाभित्र पारेपछी नेपालमा यसको चौतर्फी बिरोध भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार