आज गौरादह दशैँ महोत्सव सकिदै !

२०७६ कार्तिक ३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – गौरादह नगरपालिका -२ स्थित कृषि थोक बजारमा जारी दशैँ महोत्सवको ( आईतबार ) आज समापन हुदैछ । उद्योग वाणिज्य संघ गौरादहको आयोजनामा गत असोज १७ गते देखि शुरु भएको महोत्सवको आईतबार समापन हुन लागेको हो ।

महोत्सवको आज बेलुका एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ गौरादहका अध्यक्ष जीबन राईबाट समापन गरिने आयोजकले जनाएका छन् ।

महोत्सवको अन्तिम दिन आज चर्चित गायक डेबिड शंकरको प्रस्तुती रहने भएको छ । हिजो शनिवार गायक शिव परियारको प्रस्तुती रहेको थियो ।

करिब १६ दिनसम्म संचालित महोत्सव सफल भएको आयोजकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार