
झापा । झापाको गौरादह नगरपालिकामा जारी दशैँ महोत्सव २०७६ मा आज नेपाल आईडल सिजन १ का निशान भट्टराई आउने भएका छन ।
वडा नम्बर २ स्थित कृषि थोक बजारमा भईरहेको महोत्सवमा आज १२ औ दिन नेपाल आईडलका भट्टराई गौरादह आउन लागेका हुन् ।

भट्टराई नेपाल आईडल सिजन १ मा दोश्रो भएका थिए ।
महोत्सव कार्तिक २ गतेसम्म चल्नेछ ।
महोत्सवमा नेपालका चर्चित गायिका मेलिना राई ,ज्योती मगर, डम्बर नेपाली, श्री कृष्ण लुईटेल ( बोके दारी ), काली प्रसाद बास्कोटा, हास्य कलाकार घनश्याम गौतम, सुरेश तिमल्सिना लगायत आधा दर्जन भन्दा बढी कलाकारले आफ्नो प्रस्तुति देखाईसकेका छन ।