गायक कमल खत्रीले तताए गौरादह दशै महोत्सव !

२०७६ आश्विन २७, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापा । दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति रहदै आएको गौरादह दशै महोत्सवमा आज कमल खत्रीको प्रस्तुति रहेको थियो । खत्री युवा पुस्ता माझ अत्यन्त रुचाईएका गायकमा पर्छन ।

खत्रीको प्रस्तुती हेर्न अबेरसम्म हजारौं दर्शकहरु महोत्सव स्थलमा भेला भएका थिए । झापा जिल्लाको गौरादह क्षेत्रमा निकै कम देखिने कलाकारमा खत्री पर्छन् । 

आधा दर्जन बढी आफ्ना सुपरहिट गित गाएका खत्रीलाई हेर्न दर्शकको घुइँचो लागेको थियो । उनले गल्ती मेरो छैन, आत्मामा, बोल्दैन त्यो तिम्रो तस्बिर , जाउला रेलैमा जस्ता आफ्ना बहुचर्चित गित गाएका थिए ।

आज खत्रीको प्रस्तुति रहेको थाहा पाएपछी गौरादह आसपासका क्षेत्रहरु – कमल गा.पा, बैगुन्धुरा, स्कुलचौन जस्ता ठाउबाट उल्लेख्य दर्शकहरु आएका थिए । दर्शकको उत्साहजनक उपस्थितिले गायक खत्रीलाई उर्जा मिलेको देखिन्थ्यो ।

गायक खत्रीको गितमा दर्शकहरु खुबै नाँचेका थिए भने उद्घोषक हरि घिसिङका चोटिला शायरीले कार्यक्रमको अझ सोभा बढेको पाइन्थ्यो । 

गत १७ गतेबाट सुरु भएको दशै महोत्सवमा डम्बर नेपाली, काली प्र. बास्कोटा, ज्योती मगर, मेलिना राई, हास्य कलाकार घनश्याम गौतम लगायतले प्रस्तुति दिईसकेका छन भने शिव परियार, हर्के हल्दार आदि कलाकारको प्रस्तुति बाकी रहेको आयोजकले जनाएको छ ।
महोत्सव कार्तिक २ गते सम्म चल्ने आयोजकले जनाएको छ ।
हेर्नुस फोटोहरु :


प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार