
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक जारी रहेको छमंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक अघि अपराह्न ४ बस्ने बस्ने सिफारिस समितिको बैठक बसेको हो।
सो समितिले गभर्नरको नाम सिफारिस गरे पछि आज साँझ ६ः०० बस्ने भनिएको मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना बढेर गएको हो ।अर्थमन्त्री पौडेल संयोजक रहेको सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेका छन् ।

गभर्नर नियुक्तिका बारेमा आजै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । उक्त भेटमा गभर्नरमा डा.विश्व पौडेललाई बनाउने बारेमा सहमति जुटेको जनाइएको छ।