
काठमाडौं – पछिल्लो १० वर्षमा बैंकका कर्मचारीकै मिलेमतोमा २२ अर्बभन्दा धेरै अनियमितता भएको छ।
यस अवधिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैकिङ कसुरमा ५२ बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीसहित हजारभन्दा धेरै जनाविरुद्ध मुद्दा चलाएको छ।

उनीहरूसँग २२ अर्ब ६ करोड ८ लाख ४६ हजार ८ सय ३४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।
हाल सीआईबीले नेपाल बैंकका नवौं तहका कर्मचारी भूपराज कोइरालाले गरेको करिब ६० लाख अनियमितता घटनामा छानबिन गरिरहेको छ।