त्रिवि सेवा आयोगको गम्भीर लापरबाही : कम्प्युटर विज्ञानको परीक्षामा कम्युनिकेसन इन्जिनियरिङकाे प्रश्न

२०७६ मंसिर ४, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कम्प्युटर विज्ञानको परीक्षामा गम्भीर लापरबाही गरेको पाइएको छ । आयोगले सोमबार लिएको कम्प्युटर विज्ञानको परीक्षामा कम्युनिकेसन इन्जिनियरिङसँग सम्बन्धित प्रश्न सोधिएको पाइएको हो ।

आयोगले लिएको परीक्षामा अधिकांश प्रश्न कम्युनिकेसन इन्जिनियरिङ विषयसँग सम्बन्धित सोधिएको थियो । कम्प्युटर विज्ञानका मुख्य विषयबाट सोध्नुपर्नेमा आयोगले कम्युनिकेसन इन्जिनियरिङका मुख्य विषयबाट सोधिएपछि विद्यार्थीहरूले परीक्षा बहिष्कार गरेका थिए । केही प्रश्न इन्टरनेटमा पहिले नै प्रकाशित भएका समेत हुबहु राखिएको पाइएको छ ।

आयोगले सो परीक्षा कम्प्युटर विज्ञानको उपप्राध्यापक पदको पदपूर्तिका लागि लिएको हो । आयोगले २०७५÷७६ मा दरखास्त आह्वान गरेको थियो । तर, कम्प्युटर विज्ञानसँग सम्बन्धित प्रश्न नसोधिएको देखिएपछि प्रशिक्षार्थीहरू दोस्रो पत्रको परीक्षा बहिष्कार गरेका हुन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय