
काठमाडौं – कारागारमा राम्रो सुविधा नभएको र अहसज भएको भन्दै मोहम्मद अफताब आलमले आइतबार का रागार कार्यालयलाई सानो ‘चिट’ लेख्दै डिल्लीबजार कारा गारमा सार्न माग गरेका छन्। उनले महरालाई डिल्लीबजारमा राखेर आफूलाई न ख्खुमा राखिएको बताउँदै महरासँगै डिल्लीबजार कारा गारमै सार्न माग गरेका हुन्।
राजपुर ब म का ण्डका अभियुक्त आलमलाई गौरबाट न ख्खु का रागार ललितपुर सारेपछि उनीमाथि निगरानी बढाइएको छ। आलमलाई भेट्न आउनेको संख्या बढी भएको र सु रक्षा ‘थे्र ट’लाई महसुस गर्दै निगरानी बढाइएको कारा गार कार्यालयले जनाएको छ। चौतफी निगरानीमा बसेका आलमले प्रहरीमाफर्त का रागार कार्यालयलाई ‘चिट’ पठाएका थिए।

उक्त चिटमा अन्यत्र सार्न माग गरेका छन्। हिन्दी भाषामा लेखिएको ‘चिट’मा आफूलाई अ सुर क्षा मह सुस भएको र अव्यवस्थित भएको लेखेका छन्। तर, कारागार कार्यालयले भने यस विषयमा कुनै जवाफ दिएको छैन। सरकारले दिएको सेवा सुविधा सबै कै दी र थुनुवाको लागि समान हुने भएकोले यसबारे कुनै जवाफ दिन नमिल्ने बताएको छ।
‘कारा गारभित्र पनि घरमा जस्तै सुविधा खोजेर हुन्न, सरकारले जेजे सुविधा दिनु भनेका छ हामीले ती सुविधा दिएका छौं, कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले भने, ‘यदि माथिल्लो निकायले नै सार्ने निर्णय ग,यो भने हामीले केही भन्न मिल्दैन, तर यहाँ भित्र पसेपछि सबै कैदीको अधिकार समान हुन्छ।’आजको नागरिक दैनिकमा खवर छ ।