प्रचण्डको बदनाम गर्ने एसपीकाे सरुवा

२०७६ मंसिर २, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम लिँदै कमाउध-न्दा सञ्चालन गर्ने चितवनका एसपी दानबहादुर मल्लको सरुवा हुने भएको छ।

मल्ल चितवनमा सरुवा भएको २०७६ मंसिर १२ मा ७ महिना पुग्दै छ। ७ महिनामै उनी तानिने भएका छन्। चितवनमा पठाउन काबिल एसपीको खोजी सुरु भइसकेको छ।

मल्लका कारण आफ्नो छविमै आघा’त पर्ने थालेपछि नेकपा अध्यक्ष प्रचण्डले आईजीपी सर्वेन्द्र खनाललाई उनको विकल्प खोज्न संकेत गरिसकेको स्रोतले बताएको छ भनेर आज सोमबारको साँघु साप्ताहिकले लेखेको छ।

प्रचण्डको संकेतपछि आईजीपी खनालले एसपी मल्ललाई यसै हप्ता काजमा तान्ने तयारी गरेको स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार