प्रधानमन्त्री ओलीलाई कसले दिँदैछ मिर्गौला?

२०७६ मंसिर २, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – प्रधानमन्त्री केपी ओली नियमित हेमोडायलासिस उपचार विधि नअपनाई पुनः मिर्गाैला प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका छन्।

तर प्रत्यारोपण सिंगापुर, अमेरिका र चीनमध्ये कहाँ गर्ने भन्नेबारे निर्णय भएको थाहा हुन सकेको छैन। तर प्रधानमन्त्री ओलीले सिंगापुरलाई नै पहिलो प्राथमिकता दिएको स्रोत बताउँछ।

तथापि विकल्पमा अमेरिका र चीनमा पनि मिर्गाैला प्रत्यारोपण गर्ने सम्बन्धमा भने प्रधानमन्त्री ओलीले आफ्ना निजी चिकित्सकहरूका साथै आफन्तहरूसँग सल्लाह गरिराखेको स्रोत बताउँछ। यो खबर आज सोमबारको साँघु साप्ताहिकले छापेको छ।

प्रधानमन्त्री ओलीलाई उनकै गृह जिल्ला झापाका एकजना आफन्त मिर्गाैला दिन तयार रहेको बताइन्छ। साथै मिर्गाैला दिनेको मिर्गाैला प्रधानमन्त्री ओलीका निम्ति परीक्षणबाट म्याचसमेत भएकामे स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार