
काठमान्डौ – गुन्डागर्दी तथा आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको आशंकामा गुन्डा नाइकेहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको छ।
प्रहरीको सहयोगमा विभागले उनीहरूविरुद्ध छानबिन थालेको हो।

जुवा खालबाट पक्राउ परेका बलराम सापकोटाविरुद्ध विभागले थुनामै राखेर अनुसन्धान गरिरहेको छ। यो खबर आजको नयाँ पत्रिकाले छापेको छ।
यस्तै गुन्डागर्दीको आडमा निर्माण व्यवसायको सिन्डिकेट चलाएका सुकबहादुर लामा ‘बाघे’ को सम्पत्तिको पनि विभागले छानबिन गर्ने भएको छ।