सर्वसाधारण उपभोक्ता मर्कामा, तरकारीको मूल्य तीन गुणा बढ्यो

२०७६ कार्तिक २९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य आकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको छ ।

तरकारीको मूल्य आकासिएपछि त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा देखिन थालेको छ । जसका कारण सर्वसाधारण नागरिकलाई महँगीले भान्सा चलाउनसमेत हम्मेहम्मे परेको छ ।

कात्तिक तथा मंसिरलाई हरियो तरकारीको सिजनका रुपमा हेर्ने गरिएको भए पनि अहिले बजारमा प्रतिकिलो सय रुपैयाँभन्दा तल कुनै पनि तरकारी पाउन मुस्किल छ । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय