३९ करोड कम मूल्य तोकेर तेस्रोपटक बोइङ बेच्न बोलपत्र आह्वान

२०७६ कार्तिक २८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पुरानो जहाज बोइङ ७५७–२०० बेच्न तेस्रोपटक बेलपत्र आह्वान गरेको छ ।

निगमले आल ग्राउन्डेड अवस्थामा रहेको उक्त विमान बिक्री गर्न आकर्षक छुटसहित तेस्रोपटक सूचना प्रकाशन गरेको हो ।

निगमले यसपटक सुरुको तुलनामा ३९ करोड रुपैयाँ कम मूल्य तोकेको छ ।

यसअघि निगमले सो विमान ८७ करोड ५१ लाख रुपैयाँमा बेच्ने भन्दै मूल्य तोकेको थियो । यो समाचार आजको नागरिक दैनिकमा मिनराज भण्डारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार