दमकमा डेढ अर्बको २५ तले भ्यु-टावर निर्माण सुरु, यस्ताे बन्दैछ

२०७६ कार्तिक २७, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा २५ तले ‘भ्यु–टावर’ निर्माण सुरु भएको छ।

संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का लगाएर दमक नगरपालिका ३ दापगाछीमा टावर निर्माण अघि बढाएको हो।

ठेक्का चीनको जेसीजीआईईसी र नेपालको आशिष, ओम साइराम जेभी ललितपुरले संयुक्त रूपमा पाएका छन्। यो खबर आजको कान्तिपुरमा अर्जुन राजवंशीले लेखेका हुन्।

भ्यु-टावरका लागि पाँच बिघा जमिन छुट्याइएको छ। टावरमा १८ तला (७२ मिटर) स्थायी संरचना र ७ तला (२८ मिटर) स्टिलको संरचना हुने साइट इन्जिनियर भूपेन्द्र यादवले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार